साढे ११ हजार परिक्षणमा साढे २० प्रतिशतमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ आषाढ ५, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का जम्मा २ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् ।
परिक्षण भने ११ हजार ६९६ जनाको मात्र गरिएको छ ।
७ हजार १० आरटी पिसिआर परिक्षणमा एक हजार ६८८ जनामा र ४ हजार ६८६ जनाको एन्टिजेन परिक्षणमा ७१३ जनामा संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ४४ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने ११ देखि २० वर्ष उमेर समूहका १४३ जना छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।
हाल ५७ हजार ६१८ जना सक्रिय संक्रमित उपचाररत छन् । ५३ हजार ७३३ जना होम आइसोलेसनमा छन् भने ३ हजार ८८५ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ८७४ जनामध्ये २५८ जना भेन्टिलेटरमा छन् ।
गएको २४ घण्टामा ३ हजार ६६० जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् । हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
थप ३४ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।
Categorized in राष्ट्रिय