arin enterprises

दुई आत्मघाती गोलसँगै पोर्चुगलमाथि जर्मनीको सान्दार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ६, आइतबार

युरोकपमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ ।

शनिबार राति म्युनिखको एलिनाज स्टेडियममा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ ले पराजित गरेको हो  ।

खेलको १५ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । उनलाई डिएगो जोटाले पास उपलब्द गराएको थियो ।

जर्मनीले दुई आत्मघाती गोल उपहार पाएको थियो । पोर्चुगलका  रुबेन डियासले ३५ औं मिनेटमा  र ३९ औं मिनेटमा राफायल गुइरेरोले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफमा भने जर्मनी थप आक्रामक बन्यो । खेलको ५१ औं मिनेटमा काइ हाभर्टेजले र ६० औं मिनेटमा रोबिन गोसेन्सले गोल गर्दै जर्मनीलाई ४–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा पोर्चुगलका डिएगो जोटाले एक गोल फर्काएपनि जर्मनी ४–२ ले विजयी भयो । उनले रोनाल्डोको  पासमा गोल गरेका हुन् ।

यो जितसँगै २ खेलमा ३ अंक जोड्दै  समूह ‘एफ’को दोस्रो स्थानमा रहेको छ ।

पोर्चुगलले पनि २ खेलमा ३ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ ।

 

Categorized in स्पाेर्ट्स