arin enterprises

परिक्षण संख्यामा २२ प्रतिशत बढिमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ आषाढ ६, आइतबार

नेपालमा कोभिड १९ का थप २ हजार ४४२ जना नयाँ संक्रमित भेटिएका छन् ।

जम्मा १० हजार ९२६ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २२ दशमलव ३५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

६ हजार ६७७ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ४२१ जनामा र ४ हजार २४९ जनाको एन्टिजेन परिक्षणमा एक हजार २१ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ४६ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने ११ देखि २० वर्ष उमेर समूहका १६३ जना छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेहरुको कुल संख्या ६ लाख ४७ हजार ६५१ पुगेको छ । हाल ५५ हजार ५३२ जना सक्रिय संक्रमित उपचाररत छन् ।

५१ हजार ८३३ संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ६९९ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ८७१ जनामध्ये २५० जना भेन्टिलेटरमा छन् । गएको २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् ।

हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । थप ५१ जना संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ८ हजार ७२६ पुगेको छ ।

Categorized in राष्ट्रिय