arin enterprises

ब्राजिलको लगातार तेस्रो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १०, बिहिबार

कोपा अमेरिका मा साविक विजेता ब्राजिलले लगातार तेस्रो जित हात पारेको छ।

बिहीबार विहान सम्पन्न खेलमा अन्तिम समयमा गोल गर्दै कोलम्बियामाथि २–१ को जित हात पारेको हो ।

खेलमा एल डियासले १० औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएको थियो ।

ब्राजिलका लागि ७८ औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेल १–१को  बराबरीमा ल्याए । यस्तै दास्रो हाफको इन्जुरी टाइमको १० औं मिनेटमा कासेमिरोले गोल गरेपछि ब्राजिल २–१ले विजय भयो ।

समूह ‘बी’ को शीर्ष स्थानमा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक  जोड्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ। दोस्रो स्थानको कोलम्बियाले चार खेलबाट ४ अंक बटुलेको छ ।

यो खेलअघि भएको यहि समूहको अर्को खेलमा इक्वेइडर र पेरुले २–२ गोलको बराबरी खेलेका थिए।

पेरु ४ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको इक्वेइडरको २ अंक भएको छ ।

२ अंक नै जोडेको भेनेजुएला पुछारमा छ।

Categorized in स्पाेर्ट्स