सान्दार जितसँगै डेनमार्क क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १३, आइतबार

सान्दार जितसँगै डेनमार्क युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा भएको पहिलो प्रि–क्वाटरफाइनलमा वेल्सलाई ४–० ले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा पुगेको हो ।
डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । उनले खेलको २७ औं मिनेटमा र ४८ औं मिनेटमा गोल गरेका थिए ।
जोकिम माहेलले ८८ औं मिनेटमा गोल गर्दै डेनमार्कलाई ३–० को अग्रता दिलाए ।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले माहेललाई फउल गर्दा उनलाई सिधै रातो कार्ड दिएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै डेनमार्कलाई ४–० को सानदार जित दिलाए ।
यो जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।
अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स
