सर्जकका रुपमा आफ्ना पिताको नाम नराखेकोमा जोशी दिदीबहिनीको आपत्ती
SamacharDesk – बिजयरत्न | २०७८ आषाढ २३, बुधबार

हालै शिक्षा मन्त्रालयको स्वीकृतिमा प्रकाशित एक पाठयपुस्तकमा लोकप्रिय नेपाली गीत ‘रेशम फिरीरी’ गीत सर्जकको नाम उल्लेख नगरेको भन्दै गायक द्वारिकालाल जोशीका सुपुत्रीद्वय लसता जोशी र भिन्तुना जोशीले दुःख पोखेका छन् ।
सो पाठयपुस्तकमा गीतकारको मात्र नाम उल्लेख गरी गायकको नाम उल्लेख नगरेको भन्दै जोशीद्वयले आपत्ती जनाएका हुन् ।
नेपालमा मात्र नभइ विदेशसमा समेत लोकप्रिय लोक धुनमा आधारित नेपाली गीत रेशम फिरीरीका गीतकार एवं संकलक बुध्दि परियार हुन् भने द्वारिकालाल जोशी र सुन्दर श्रेष्ठले गीतमा स्वर दिएका छन् ।
‘रेसम फिरीरी गीतमार्फत नेपाललाई विश्वभरी चिनाउन संकलक बुद्धि परियारको साथमा गायकद्वय सुन्दर श्रेष्ठ र हाम्रा बुबा द्वारिका लाल जोशीको ठूलो योगदान छ, तर हालसालै शिक्षा मन्त्रालयबाट स्वीकृत कक्षा ६ अन्तरगतको पुस्तक Health, Physical Education and Creative Arts मा यस गीतका श्रष्टाहरुमध्ये एक जनाको मात्र नाउँ उल्लेख गर्नु गल्ती हो कि श्रष्टा प्रतीको अपमान ?’ द्वारीकालालकी सुपुत्रीद्वय जोशी दिदी बहिनीले प्रश्न गरेका छन् ।
द्वारीकालालकी जेष्ठ सुपुत्री लसता जोशी पनि गायन क्षेत्रमै सक्रिय छिन् भने कान्छी छोरी भिन्तुनाले अभियन क्षेत्र लाग्दै दर्जनौं चलचित्रमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन् ।
