arin enterprises

अस्ताए कलाकार उत्तम नेपाली

SamacharDesk – बिराज | २०७८ श्रावण ६, बुधबार

वरिष्ठ कलाकार उत्तमप्रसाद कर्माचार्य अर्थात उत्तम नेपालीको निधन भएको छ ।

८५ वर्षीय नेपालीको आज (बुधबार) बिहान साढे ४ बजे निधन भएको हो । नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वर्गीय नेपाली विगत तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर रोगबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपालीको जन्म काठमाडौंको किलागल टोलमा वि.सं. १९९४ वैशाखमा भएको थियो । उनले भारतको लखनऊबाट चित्रकलामा स्नातक गरेका थिए ।

स्वर्गीय कलाकार नेपाली नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत थिए ।

उनका कृतिहरु न्यूयोर्कस्थित नारायणहिटी संग्रहालयको साथमा संयुक्त राष्ट्र संघको कार्यालयमासमेत संग्रहित छन् ।

गीत र कविता रचनामा समेत कुशल उनको ‘विना शीर्षकको’ नामक कवितासंग्रह प्रकाशित भएको छ । नेपालीले नेपालकै पहिलो चलचित्र ‘आमा’ को साथै ‘हिजो आज भोलि’ चलचित्रमा आफ्नो अभिनयको प्रतिभासमेत प्रस्तुत गरेका छन् ।

सूचना विभागको विभागीय प्रमुखका रुपमा कार्यरत रहँदा उनले अवकाश पाएका थिए ।

उनको परिवारमा श्रीमती मन्दिरा कर्माचार्यको साथमा दुई छोरा र दुई छोरी छन् ।

Categorized in पेजथ्री