arin enterprises

परिक्षणको करीब २५ प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ श्रावण १५, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा २४ दशमलव ६२ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

१४ हजार ६११ जनाको स्वाब नमूनाको परिक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो । ९ हजार ७८६ आरटी पिसिआर परिक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ एन्टिजेन परिक्षणमा एक हजार १४४ जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये ७६ जना १० वर्षसम्मका बालबालिका छन् भने २०६ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।

हालसम्ममा पिसिआर परिक्षणमा ६ लाख ९३ हजार १०९ र एन्टिजेन परिक्षणमा ६० हजार ५२४ जना गरी जम्मा ७ लाख ५३ हजार ६३३ जनामा कोभिड १९  संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक एक हजार ८१६ जना संक्रमित निको हुन सफल भएका छन् । हालसम्म कोभिड संक्रमण निको हुनेको कुल संख्या ६ लाख ५२ हजार २६२ रहेको छ ।

गएको २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्ममा ९ हजार ८३४ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।

हाल उपचाररत सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ । २७ हजार ८२० जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार १९४ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा ६८६ जना छन् भने तीमध्ये १६१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । 

Categorized in राष्ट्रिय