arin enterprises

एक्टिङ प्रतियोगीताको दोश्रो सिजन घोषणा

SamacharDesk – बिराज | २०७८ भाद्र ११, शुक्रबार

केही दिन अघि मात्रै विजेताको नाम घोषणा गर्दै सम्पन्न भएको एक्टिङ प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ को दोश्रो सिजनको घोषणा भएको छ ।

आयोजक सुखावति मल्टि प्रोडक्सनले चाँडै नै प्रतियोगीताको दोश्रो सिजन हुन लागेको घोषणा गरेको हो ।

सुखावतिका अध्यक्ष साथै कलाकार, निर्देशक सुरेन्द्र तुलाधरले आफ्नो फेसबुक वालमा स्टाटस राख्दै प्रतियोगीताको दोश्रो सिजनको घोषणा गरेका हुन् ।

‘उपत्यका भित्र र बाहिरका कलाकार सबै सहभागी हुन तयार रहनुहोला’ तुलाधरले आफ्नो स्टाटसमा लेखेका छन् ।

दोश्रो सिजनमा पुगेर प्रतियोगीताको नाममा भने सानो परिवर्तन भएको छ । प्रतियोगीताको नाम ‘जि नं प्याखंपहः याये सः’ राखिएको छ ।

प्रतियोगीताको पहिलो सिजनको विजेताको नाम घोषणा कार्यक्रममा एक्टिङ वा अभिनय शब्दका लागि नेपालभाषाबाट ‘प्याखं पहः’ शब्द प्रयोग गर्ने भनी घोषणा गरिएको थियो ।

सोही घोषणा अनुसार प्रतियोगीताको नाममा पनि एक्टिङ शब्दलाई हटाएर प्याखं पहः शब्द प्रयोग गरिएको हो ।

पहिलो सिजनबाट आएको प्रतिक्रियापछि आफुहरु निकै उत्साहित भएको र दोश्रो सिजनको तयारीमा जुटेको तुलाधरले बताउनुभएको छ ।

Categorized in पेजथ्री