arin enterprises

आसकुतिको दुइटै शो हाउसफुल

SamacharDesk – बिराज | २०७८ कार्तिक ९, मंगलबार

आउँदो १३ गते शनिबार प्रदर्शन गर्न लागिएको नेपालभाषाको चलचित्र आसकुतिको दुईटै शो हाउसफुल भएको छ ।

शनिबार सिटिसि मल, सुन्धारा काठमाडौंमा बिहान ११ः०० बजे र दिउँसो २ बजेको लागि राखिएको दुईटै शोको सम्पूर्ण टिकट विक्रि भइसकेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।

दुईटै शोको सम्पूर्ण टिकट विक्रि भइसकेर अझै पनि टिकटको माग आइरहेको चलचित्रका नायक सुरज व्यन्जनकारले जानकारी दिनुभयो ।

टिकटको लागि अझै माग आइरहेकोले अपरान्ह ४ः०० बजे अर्को एक शो पनि थप गरिएको छ ।

आयाम फिल्म्सको ब्यानरमा निर्मित चलचित्र आसकुतिको आउँदो शनिबार सिटिसि मलमा भिआइपी शो राखिएको हो । रु. एक हजारको टिकटमा लन्चसहित चलचित्रको शो राखिएको हो ।

कोभिड संक्रमणको जोखिमको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थित रुपमा सिमित संख्यामा मात्रै दर्शक राखेर चलचित्र प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

नेवाः चलचित्र क्षेत्रका व्यस्त र चर्चित निर्देशक सुरेन्द्र तुलाधरबाट निर्देशित चलचित्रमा कलाकार सुरज व्यन्जनकारको साथमा रोजिना सुवाल, रन्जना सितिखु, कृष्णा श्रेष्ठ, सुरज नापित, राजाराम भाम, नगिना जाेशीलगायतका कलाकारको अभिनय रहेको छ । 

Categorized in पेजथ्री