साउथका स्टार कलाकार पुनितको निधन
SamacharDesk – बिराज | २०७८ कार्तिक १२, शुक्रबार

साउथ इन्डियाको चलचित्र क्षेत्रका स्टार कलाकार पुनित राजकुमारको निधन भएको छ ।
४६ वर्षीय पुनितको आज हृदयघातका कारण मृत्यु भएको हो । ब्यांगलुरुस्थित विक्रम अस्पतालमा उपचारको क्रममा पुनितको निधन भएको हो ।
भारतीय संचारमाध्यमले जनाए अनुसार पुनित आज इकोकार्डियोग्राम गराउन एक स्थानीय क्लिनिक पुगेका थिए । त्यस क्रममा उनलाई सामान्य हृदयघात भइरहेको पत्ता लागेपछि उनी अस्पतालतर्फ लागेका थिए ।
अस्पताल जाँदै गर्दा उनलाई ठुलो हृदयघाट भएको बताइएको छ ।
पुनितको उपचारमा खटेका डाक्टर रंगनाथ नायकलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले अस्पतालमा भर्ना गरी उनको उपचार शुरु भएपछि विहानको करीब ११ः३० तिर उनलाई निकै छाती दुखेको थियो । त्यसलगत्तै उनको मृत्यु भएको हाे ।
पुनितलाई अस्पताल भर्ना गरिएपछि उनका समर्थकहरु अस्पतालमा भेला भएका थिए ।
आजै विहान मात्र पुनितले फिल्म बजरंगी २ को युनिटलाई शुभकामना दिँदै ट्वीट गरेका थिए । पुनितको निकै लोकप्रिय चलचित्र बजरंगीको सिक्वेल बजरंगी २ आजै मात्र रिलिज भएको थियो ।
पुनितले ३० भन्दा बढि कन्नड फिल्महरुमा आफ्नो अभिनयको प्रतिभा प्रदर्शन गरेका छन् ।
Categorized in पेजथ्रीBest wishes for the entire team of #Bhajarangi2. @NimmaShivanna @NimmaAHarsha @JayannaFilms
— Puneeth Rajkumar (@PuneethRajkumar) October 29, 2021
