arin enterprises

१६ वडाव्यापी प्रतियोगीतामा सक्षम र श्रुयति भए प्रथम

SamacharDesk – बिराज | २०७८ कार्तिक १९, शुक्रबार

ललितपुर महानगरपालिका १६ वडाव्यापि गायन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिबाट आयोजित प्रतियोगीताका विजयी प्रतियोगीहरुलाई ललितपुर मंगलबजारमा आयोजित एक कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा गायन र नृत्यतर्फका अलग अलग प्रतियोगीतमा प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीहरुलाई ट्रफि प्रमाण पत्रको साथमा नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

प्रतियोगीतामा गायनतर्फ स्वनिम्हका सक्षम शर्माले प्रथम पुरस्कार जिते भने महापालकी राधिका श्रेष्ठले दोश्रो र जोमबहालकी यजु शिल्पकारले तृतीय स्थान हासिल गरिन् ।

नृत्य प्रतियोगितामा न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् । त्यस्तै तःजाःफःकी विशाखा शाक्य दोश्रो हुँदा झतापोलकी एन्जेला शाक्यले तृतीय स्थान प्राप्त गरिन् ।

प्रतियोगीतामा प्रथम हुने प्रतियोगीलाई २५/२५ हजार नगद प्रदान गरिएको थियो भने दोश्रो हुनेले १५/१५ हजार र तेश्रो पुरस्कार जित्नेले १०/१० हजार नगद हात पारे ।

उत्कृष्ट दशमा परेका प्रतियोगीहरुले ट्रेनिङ प्याकेजसमेत जितेका छन् । प्रतियोगितामा सहभागी १२ बर्षमुनिका कलाकारहरुलाई भने ‘भिंतुना (शुभकामना) पुरस्कार’ प्रदान गरिएको थियो ।

अनलाईनमार्फत दर्ता भएको भिडियोको फेसबुक तथा युट्युबमा सबैभन्दा बढी भ्यूज प्राप्त गरी ‘टप भ्यूज’को पुरस्कार गायनर्फ चल्खुकी सिम्रन महर्जन तथा नृत्यतर्फ दौबहालकी श्रीजु शाक्यले प्राप्त गरिन् ।

मोहनप्रसाद जोशीलाई ‘ललितरत्न’ उपाधिबाट सम्मान

सोही कार्यक्रममा संगीत प्रवीण मोहनप्रसाद जोशीलाई ‘ललितरत्न’ उपाधिबाट विभूषित गर्दै सम्मान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै जोशीले विगत, वर्तमान तथा भविष्यका कलाकारलाई ध्यानमा राखी ललितपुर महानगरपालिका १६ वडाको कलाकार समितिले आयोजना गरेको कार्यक्रमबाट आफू निकै प्रभावित भएको बताउनु भयो ।

कार्यक्रममा मन्तव्यकाे क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कलाकारहरुका लागि ललितपुर महानगरपालिका १६ वडाले गरेको कार्यलाई महानगरपालिकाले अझ ब्यापक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

ललितपुर महानगरपालिका वडा १६ अध्यक्ष निर्मलरत्न शाक्यले विगतको ऐतिहासिक कला, सम्पदाको संरक्षण जति महत्वपूर्ण छ वर्तमानका कलाकारहरुको विकास तथा योगदान पनि त्यतिकै आवश्यक रहेको बताए ।

कार्यक्रम संयोजक सुरजवीर बज्राचार्यले सबै स्थानीय तहले यसरी नै कला क्षेत्रको विकासका लागि पहल गरे कला क्षेत्रको साथमा कलाकारको जीवनस्तरसमेत उकासिने विचार राख्नुभयो  ।

कार्यक्रममा १६ वडाका कलाकारहरु सुरजवीर बज्राचार्य, भूपेन्द्र बज्राचार्य, नील शाक्य, मोहिद्दिन खान, अमोघवीर बज्राचार्य, अमर चित्रकारले गीत प्रस्तुत गरेका थिए । त्यस्तै कोरियोग्राफर निसिला शाक्यले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Categorized in पेजथ्री