नृत्य निर्देशकको नेतृत्वमा फेरी भुवन नै
SamacharDesk – बिराज | २०७८ मङ्सिर २१, मंगलबार

नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको नेतृत्व फेरी पनि भुवन श्रेष्ठले नै गर्ने भएका छन् ।
संघको काठमाडौंमा सम्पन्न पाँचौं साधारण सभा र दोस्रो केन्द्रीय अधिवेशनले फेरी पनि संस्थापक अध्यक्ष श्रेष्ठलाई नै सर्वसम्मतमा अध्यक्ष चयन गरेको हो ।
शनिबार नेपाल संङ्गीत तथा चलचित्र बिद्यालय गौशालामा सम्पन्न संघको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मतमा चयन गरेको हो ।
नयाँ चयन भएको कार्य समितिको बरिष्ठ उपाध्यक्षमा प्रदिप मान श्रेष्ठ हुनुहुन्छ भने उपाध्यक्षमा शम्भु शाही र महिला उपाध्यक्षमा भावना कार्की रहनुभएको छ ।
त्यस्तै महासचिवको जिम्मेवारी फेरी एकपटक नृपध्वज खत्री (निरिप) ले नै पाएका छन् भने ऋषिकेश श्रेष्ठ सचिव र सह सचिव रवि राना मगर बनेका छन् । शारदा सोती शर्मा कोषाध्यक्षमा चयन हुँदा केशव कोईरालालाई सह कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।
४ जना सदस्यहरुमा प्रमिला कर्की ढकाल, बुद्ध लामा, सृजना श्रेष्ठ र सिर्जना राजबाहक रहेका छन् ।
नयाँ कार्य समितिको घोषणा भए लगत्तै नवनिर्वाचिन अध्यक्ष श्रेष्ठले देशैभरिका नृत्य निर्देशकलाई एउटै छाता मुनि ल्याउँदै संघलाई अझ सशक्त ढङ्गले अघि बढाउने बताउनुभयो ।
‘महामारी र लकडाउनले ढक्का लागेको अन्य क्षेत्रलाई राहतको कुरा भईरहँदा यस क्षेत्रमा सरकारको ध्यान गएको देखिँदैन’, अध्यक्ष श्रेष्ठले भने, ‘नृत्य निर्देशकहरु सबै एकताबद्ध भई आफ्नो हकहितको लागि आवाज उठाउनुपर्छ । हामी अझ सशक्त ढङ्गले अगाडी बढ्नु आवश्यक छ ।’
अधिवेशनमा नयाँ कार्यसमिति चयन गर्न निर्वाचन अधिकृतको रुपमा बरिष्ठ अधिवक्ता साथै संघका कानूनी सल्लाहकार सन्तोष राना मगरले आवश्यक सम्पूर्ण निर्वाचन प्रकृया सम्पन्न गरेका थिए ।
कार्यक्रममा संघमा आवद्ध बिभिन्न प्रदेश ,जिल्ला ,नगर कमिटी का अध्यक्षहरुसहित प्रतिनिधि र संघका बिभिन्न बिभागका संयोजकहरुको उपस्थिति रहेको थियो ।
Categorized in पेजथ्री