arin enterprises

विराटनगरमा आदिवासी चलचित्र महोत्सव सम्पन्न

SamacharDesk – बिराज | २०७८ पौष १२, सोमबार

विराटनगरमा आदिवासी जनजाती चलचित्र महोत्सव सम्पन्न भएको छ ।

प्रदेश १ को राजधान विराटनगरमा दुई दिने चलचित्र महोत्वसको आयोजना भएको हो । विराटनगरस्थित अतिथि सदनमा पुस ९ र १० गते भएको महोत्सवमा विभिन्न १० वटा आदिवासी भाषाभाषीका चलचित्रहरू प्रदर्शन गरिएको थियो ।

महोत्सवमा थारु चलचित्र छल्कि, तामाङ चलचित्र नाङ साल र धुर्सा ,माझी चलचित्र बन्थी, मगर चलचित्र जीवाक, गुरुङ चलचित्र मी न्हर्बे ट, लिम्बु चलचित्र के, राइ चलचित्र फुङलाम र राजबंशी चलचित्र पुल्टी र चोरकहच्छी प्रदर्शन गरिएको थियो ।

आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरले महोत्सवको आयोजना गरिएको थियो ।

चलचित्रमार्फत आदिवासी जनजाति समुदायको आवाज बुलन्द गर्न महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन पुस ९ गते प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले समुदघाटन गर्नुभएको थियो ।

महोत्सव समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले चलचित्र निमार्ण र महोत्सबहरुले समुदायको कला संस्कृति जगेर्ना र आदिबासी जनजाति समुदायको बिकासका लागी महत्वपुर्ण योगदान पुर्‍याउने बताउनु भयो ।

जनजाति मातृभाषी चलचित्र प्रबद्र्धनको लागी प्रदेश सरकारले आगामी दिनमा सक्ने सहयोग गर्दै जाने प्रतिवद्धता पनि राईले व्यक्त गर्नुभयो ।

आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले आदिवासी मातृभाषी चलचित्र क्षेत्रलाई राज्यले छुट्टै ढङ्गले हेर्नुपर्ने बताउनुभयो ।

देशका कला, संस्कृतिको पहिचान बोक्ने मातृभाषी चलचित्रलाई राज्यले दर्तादेखि प्रदर्शनसम्मका प्रकृयामा कर छुटलगायतका सुविधा दिन अध्यक्ष सुनुवारले माग गर्नुभयो ।

Categorized in पेजथ्री