arin enterprises

कीर्तिपुर सिङ्गिङ आइडलमा सुवेदी प्रथम

SamacharDesk – बिराज | २०७८ पौष १७, शनिबार

कीर्तिपुर नगरपालिकाबाट आयोजित कीर्तिपुर सिङ्गिङ आइडलको उपाधी प्रशान्त सुवेदीले जितेका छन् ।

कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न प्रतियोगीताको फाइनल स्पर्धामा कीर्तिपुर नगरपालिका वडा ४ सल्यानस्थान निवासी सुवेदीले प्रथम स्थान हासिल गरेका हुन् । सुवेदीले ट्रफिसहित प्रमाणपत्र र नगद रु. ५० हजार समेत हात पारे ।

त्यस्तै, प्रतियोगीतमा दोश्रो भएका कीर्तिपुर नगरपालिका वडा ३ का अतुल मानन्धरले ट्रफि, प्रमाण पत्रको साथमा नगद पुरस्कार रु. ४० हजार जिते । तेश्रो भएका वडा नम्बर ५ का जोन महर्जनको हातमा ट्रफि, प्रमाणपत्रको साथमा नगद रु. ४० हजार परेको छ ।

विजयी प्रतियोगीहरुलाई कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको साथमा उपप्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटालगायतले पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले कला र कलाकार भनेको देशको गहना भन्दै नगरपालिका भित्र लुकेर रहेका कलाकारहरुको प्रतिभा उजागर गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Categorized in पेजथ्री