arin enterprises

ओलीलाई कोरोना संक्रमण

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ९, आइतबार

नेकपा एमालेका अध्यक्ष साथै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाईरस संक्रमण भएको छ । शनिबार गरिएको उनको स्वाब नमूनाको परिक्षणको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

ओलीको पत्नी राधिका शाक्यमा पनि कोरोना पाजेटिभ देखिएको बताइएको छ ।

हाल ओली दम्पत्ती बालकोटस्थित आफ्नै निवासमा होम आइसोलेसनमा रहेको र दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

दोश्रो पटकको मृगौला प्रत्यारोपण पछि ओली आफ्नो स्वास्थ्यलाई लिएर निकै सावधानि अपनाउँदै आएको बताइन्छ ।

ओलीलाई कोभिड १९ संक्रमण पुष्टि भएपछि आजको लागि तय भएको एमालेको पत्रकार सम्मेलन स्थगित गरिएको छ । 

Categorized in राजनीति