arin enterprises

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ४, बुधबार

गैरआवासीय नेपाली संघ एनआरएनएले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आज एक विज्ञप्ति प्रकाशित गरी एनआरएनएले निर्वाचन गर्ने तिथि सार्वजनिक गरेको हो । एनआरएनएको निर्वाचन समितिका अनुसार बिहीबार फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने, अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी २३ मा प्रकाशित गरिनेछ ।

यस्तै नामावलीमाथि दाबी विरोधको समय फेब्रुअरी २४, अन्तिम नामावली प्रकाशित मार्च ३ मा प्रकाशित गरिनेछ । एनआरएनएले निर्वाचनको मतदान मार्च २१ र २२ गते गर्ने जनाएको छ । त्यसलगत्तै मतगणना गरेर मत परिणामको प्रक्रिया सुरु गर्ने विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनएले निर्वाचनमा उम्मेदवार बन्नेहरुको शुल्क पनि निर्धारण गरेको छ । जसअनुसार निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराउन अध्यक्ष पदमा १० लाख तिर्नुपर्नेछ भने उपाध्यक्षका लागि ७ लाख महासचिवका ६ लाख, सचिवका लागि ५ लाख शुल्क तोकिएको छ । एनआरएनएको निर्वाचनपछि चैत १२ र १३ गते वार्षिक साधारण सभा हुने तय भएको छ ।

एनआरएनएमा अध्यक्ष  १, उपाध्यक्ष  ४, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, सचिव ३, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला सह कोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १, क्षेत्रीय संयोजक ६, क्षेत्रीय उपसंयोजक ६, क्षेत्रीय महिला संयोजक ६, क्षेत्रीय युवा संयोजक ६, क्षेत्रीय महिला उपसंयोजक ६, क्षेत्रीय युवा उपसंयोजक ६ जनालगायत गरी जम्मा कम्तिमा ५३ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

Categorized in राष्ट्रिय