arin enterprises

पत्रकार दबू ललितपुरमा सागरको नेतृत्व

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ कार्तिक १६, शनिबार

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा सागर महर्जन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दबूको तेस्रो अधिवेशनले महर्जनलाई अध्यक्षता चयन गरेको हो ।

११ सदस्यीय समितिको उपाध्यक्षमा प्रशान्त माली निर्वाचित भएका छन् भने सचिवमा विकास माली, सहसचिवमा मञ्जु बज्राचार्य रहेका छन् । 

त्यसैगरी कोषाध्यक्षमा सुनील बज्राचार्य रहनुभएको छ ।

५ जना सदस्यहरुमा शनिराज शाक्य, रेगिसा महर्जन, अनुप शाक्य, रजत शाही र नरेश महर्जन  छन् । 

यस अघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रदेश नं ३ का सांसद् शोभा शाक्यले सञ्चार क्षेत्रमा सबैको आवाजलाई मुखरित गराउन सञ्चार क्षेत्र समावेशी बन्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले सञ्चार क्षेत्रलाई समावेशी बनाउन दबूले निरन्तर काम गर्दै आएको बताउँदै समावेशी सञ्चारले मात्र सामाजिक न्याय र बहुलताको मर्मलाई कदर गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा न्हुँद राष्ट्रिय समारोह समितिका अध्यक्ष रमेश महर्जन, न्हुँद समारोह समिति ललितपुरका संयोजक एवं बौद्ध विहार संघका महासचिव सुरेन्द्र बज्राचार्य, ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकार लगायतले पत्रकार दबूले पत्रकारितालाई गुणस्तरीय र व्यावसायिक बनाउन ठोस काम गर्ने अपेक्षासहित शुभकामना मन्तव्य राखेका थिए ।

Categorized in समाज