arin enterprises

अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

SamacharDesk | २०७८ फाल्गुण २९, आइतबार

साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो ।

साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् । उनीहरुमाथि आतंकवाद सहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ ।

मृत्युदण्ड दिइएका मध्ये केहीलाई इस्लामिक स्टेट (आइएस), अल–कायदा र हुथी विद्रोहीसँग सम्बन्ध राखेको आरोप लगाइएको छ । मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन् । तर साउदी सरकारले भने सो आरोप अस्वीकार गरेको छ ।

१३ न्यायाधीशको बेञ्चले तीन तहको न्यायिक प्रक्रियापछि फैसला गरेको एसपिएले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय