‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा समावेश गर्न अभियान थाल्ने
SamacharDesk | २०७८ चैत्र २२, मंगलबार

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अभियान थाल्ने भएको छ ।
मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जात्रालाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि आगामी चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो जात्राको प्रसारप्रचारको काममा सहयोग गरीदिन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन्।
उनले सम्बन्धित सबै पक्षले यस जात्राको प्रवद्र्धनमा सहयोग गरे विश्व सम्पदा सूचिमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा मेयर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचिमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिनु भएको हो ।
उनले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताए।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरुको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरुको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताए।
उनले ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको प्रवद्र्धनले पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
Categorized in राष्ट्रिय