प्रधानमन्त्री खानले गरेको संसद् विघटन बदर
SamacharDesk | २०७८ चैत्र २२, मंगलबार

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ ।
पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै बदर गरेका हुन्। अदालतको यो निर्णयसंगै देशमा थप राजनीतिक र संवैधानिक संकट निम्तिएको छ ।
पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो ।
अविश्वासको मत खारेज गर्ने निर्णयले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो र उनीहरूले सो निर्णयविरुद्ध अदालतमा पुनरावेदन गरेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय