आटामा पैसा राख्ने म होइन – आमीर खान
SamacharDesk – विकाश | २०७७ बैशाख २२, सोमबार

बलिउडमा मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिने नायक आमिर खानको बिषयमा केही दिन यता सामाजिक संजालमा एउटा खबर भाइरल नै बनेको थियो ।
भारतमा एक समाजसेवीले एक किलो आटाको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे ।
गुमनाम दाताबाट गरिएको यो सहयोग कसको रहेछ भनेर खुबै चर्चा परिचर्चा भयो । पछि आएर यो काम गर्ने मानिस् अरु कोही नभएर आमिर खान रहेको खबर बाहिर आयो ।
नेपालमा समेत उक्त काम आमिर खानले गरेको भन्दै आमिरको प्रशंसा खुब भयो ।
तर आमिर खानले ट्वीटरमा ट्वीट गर्दै यो काम आफुले नगरेको भनेका छन् ।
उनले ट्विटरमा लेखे – ‘आटाको प्याकेटमा पैसा राख्ने मान्छे म होइन ।’
पैसा बाँड्ने मान्छेलाई रविनहुडको नाम दिँदै उनले अगाडी लेखे ‘या त यो पूर्ण रुपमा झुठो खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहेनन् ।’
आफ्ना फ्यानहरुलाई धेरै धेरै माया भन्दै उनले सबैलाई सुरक्षित रहन पनि सुझाव दिए ।
केही दिन अगाडी भारतको एउटा वस्तीमा गरीवहरुलाई गुमनाम तरीकाले एक किलो आटा सहयोग उपलब्ध गराइएको थियो । उक्त वस्तीका केही गरीवहरुले सो आटा घरमा लगेर हेर्दा त्यसमा १५ हजार रुपैयाँ पनि राखिएको थियो ।
उक्त सहयोग आमीर खानले गरेको भन्दै चर्चा भइरहेको समयमा आमीरले सो काम आफुले नगरेको बताएपछि उक्त सहयोगदाता को हुन् भन्ने विषय फेरी रहस्य नै बन्न पुगेको छ ।
Categorized in पेजथ्री