फ्रान्स र डेनमार्कले खेले गोलरहित बराबरी
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १२, मंगलबार

मस्कोस्थित लुज्निकी रंगशालामा भएको फ्रान्स र डेनमार्क बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । रसियामा जारी विश्वकपमा यो पहिलो गोलरहित खेल हो ।
डेनमार्कले फ्रान्सको पोस्टभित्र बल छिराउने थुप्रै प्रयासहरु गरेको थियो । फ्रान्सले पनि खेलको धेरै समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । तर दुवै टोलिबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।
गोलरहित बराबरी खेलेतापनि समूह ‘सी’ बाट यी दुवै टोली नै नकआउट चरणमा भने प्रवेश गरेका छन् । फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भएका हुन् ।
फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो । यसैकारणले पनि फ्रान्सले आफ्ना केही प्रमुख खेलाडीलाई मैदानमा उतारेको थिएन । फ्रान्सको टोलिमा प्रमुख खेलाडीको अनुपस्थितीमा पनि खेल निकै प्रतिस्पर्धात्मक भएको थियो ।
यदि डेनमार्क फ्रान्ससँग पराजित भएको र अस्ट्रेलियाले पेरुलाई पराजित गरेको खण्डमा भने डेनमार्क बाहिरिन्थ्यो ।
Categorized in स्पाेर्ट्स