रुसको कब्जामा रहेको तीन गाउँ फिर्ता लिएको राष्ट्रपति जेलन्स्कीको दाबी
SamacharDesk | २०८० जेठ २९, सोमबार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेका छन् ।
राष्ट्रपति जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको दाबी गरेका हुन् ।
उनले रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जानकारी गराए ।
गतसाता युक्रेनको निप्रो नदिमा बनाइएको बाँध भत्केपछी यी दुई राष्ट्रबीचको आक्रमण तीब्र भएको हो ।
युक्रेनले कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सब मनाइरहेको भन्दै केही तस्बीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
यता रुसले भने युक्रेनको यो दाबी अस्विकार गर्दै आफ्नो नियन्त्रणको रहेको एक इन्च जमिन पनि युक्रनेले फिर्ता नलिएको दाबी गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय