arin enterprises

एलन मस्क र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

SamacharDesk – Aakash Rajopadhyaya | २०८० आषाढ ७, बिहिबार

टेस्लाका मालिक एलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीले मस्कलाई मंगलबारभेटेका हुन् ।

बुधबार ट्वीट गर्दै प्रधानमन्त्री मोदीले एलन मस्कलाई भेटेको जानकारी दिएका छन् । जसमा मोदिले ऊर्जादेखि आध्यात्मिकता सम्मका विषयमा बहुआयामिक कुराकानी गरेको जानकारी दिए ।

उनको ट्वीटमा रिप्लाई दिँदै एलन मस्कले मोदिसँग फेरि भेट्न पाउँदा खुसी लागेको बताए । मस्कले भारतमा उत्पादन कारखाना स्थापना गर्ने योजनाबारे मोदीसँग छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यस्तै मस्कले स्पेसएक्सको स्टारलिंक स्याटलाइट इन्टरनेट सेवा भारतमा ल्याउने विषयमा पनि छलफल भएको बताएका छन् ।

प्रधानमन्त्री मोदीसँगको छलफलपछि सञ्चार माध्यमसँग कुरा गर्दै मस्कले भने भारतमा सौर्य ऊर्जा, स्थिर ब्याट्री प्याक र विद्युतीय सवारी साधन सहित दिगो ऊर्जाका लागि बलियो सम्भावना रहेको बताए ।

मादिले भारतमा महत्त्वपूर्ण लगानी गर्न दबाब दिएको र छिट्टै नै टेस्ला भारतमा हुने भन्ने कुरामा म विश्वस्त रहेको बताए ।

गत महिना मात्र टेस्लाका कार्यकारी टोलीले भारत भ्रमण गरेको थियो । उक्त भ्रमणमा टेस्लाको टोलीले भारतमा कार र ब्याट्रीहरूको उत्पादन गर्ने कारखाना स्थापनाको सभाव्यता अध्ययन गर्नुका साथै भारतीय अधिकारी र मन्त्रीसँग पनि वार्ता गरेका थिए ।

यस्तै गत महिना मस्कले यसै वर्ष टेस्लाको नयाँ उत्पादन कारखाना स्थापनाका लागि उपयुक्त स्थानको छनोट भइरहेको जानकारी दिएका थिए । जसमा भारत उनको प्रमुख रोजाइमा परेको थियो ।

त्यस्तै भारतको विदेश मन्त्रालयले ट्वीट गर्दै मोदीले मस्कलाई विद्युतीय गतिशीलता र द्रुत रूपमा विस्तार भइरहेको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा लगानीका लागि भारतमा अवसरहरू खोज्न निम्तो दिएको उल्लेख गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय