टाइटान पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी
SamacharDesk | २०८० आषाढ ८, शुक्रबार

टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटान नामक सानो पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी भएको छ ।
आन्द्र महासगारमा पनडुब्बीका खोजी गरिरहेको अमेरीकी सेनाले पनडुब्बी विष्फोट भएको पुष्टी गरेको हो । पनडुब्बीको विगत पाँच दिनदेखि खोजी जारी थियो ।
अमेरिकी सेनाका रियर एडमिरल जोन मागरले जहाजको पाँच भाग टाइटानिकको भग्नावशेषबाट लगभग १६ सय फिट टाढा फेला परेको जानकारी दिए ।
गत आइतबार नै अमेरिकी सेनाले पानीमुनी विष्फोटको तरंग पहिचान गरेपछि उक्त पनडुब्बीको खोजी कार्य थालिएको थियो ।
विष्फोटसँगै पनडुब्बीमा सवार सबै पाँच जना यात्रुको मृत्यु भएको पनि अमेरिकी कोस्ट गार्डले जनाएको छ ।
यसमा पाकिस्तानी धनाढ्य बाबुछोरा शाहजादा र सुलेमान दाउद, ब्रिटिश अन्वेषक हमिस हार्डिङ, फ्रेन्च किर्तीमानी डाइभर एवं टाइटानिक विशेषज्ञ पउल हेन्री नार्गोलेट र पनडुब्बी कम्पनी ओसियनगेट एक्सपिडिसनका प्रमुख कार्यकारी अधिकृत स्टकटन रस सवार थिए ।
पनडुब्बी विष्फोट भएको पुष्टी भएपनि मृत्यु भएका यात्रुहरुको शब भेटिने संभावना न्युन रहेको खोजकर्ताहरुले बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय