केन्यामा बिद्रोही समुहको आक्रमणवाट पाँचको मृत्यु
SamacharDesk | २०८० आषाढ ११, सोमबार

केन्यामा बिद्रोही समुहको आक्रमणमा परी पाँच जना सर्वसाधारणको मृत्यु भएको छ ।
अफ्रिकी मुलुक केन्याको दक्षिणपुर्वी सोमालियासँग सीमा जोड्ने लामु काउन्टी गाउँमा प्रवेश गरेका सशस्त्र बन्दुकधारी बिद्रोही समुहले आक्रमण गर्दा पााच जनाको मृत्यु भएको हो ।
उक्त समहुले गाउँका अधिकांश घरहरुमा आगजनी गरेका छ । आगजनीमा दुई जनाको जलेर मृत्यु हुँदा ६० बर्षिय बृद्धसहित तिन जनाको घाँटी रेटेर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
उनीहरुले गाउँ प्रवेश गरि महिलाहरुलाई घरभित्रै बस्न निर्देशन दिँइ पुरुषहरुलाई डोरीले बाँधेर हत्या गरेका थियो ।
केन्या प्रहरीले यसलाई आतंकबादी हमलाको संज्ञा दिँदै सो समुहको ब्यापक खोजी गरिरहेको छ ।
सो समुहले पछिल्लो समय सोमालियाका बिद्रोही समुह अल सबाबले गर्ने जस्तै केन्यामा आतंकबादी हमला गर्न थालेको बुझिएको छ ।
गत जुन १४ मा अल सबाबले गरेको संदिग्ध हमलामा सात केन्याली प्रहरीको मृत्यु भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय