साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरियो
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १३, बुधबार

दक्षिण कोरियासँग २–० गोल अन्तरको हार व्यहोरेसँगै साविक विजेता जर्मनी विश्वकपको समूह चरणबाटै घर फर्किन वाध्य भएको छ ।
मंगलबार सम्पन्नसमूह चरणको अन्तिम खेलमा कोरियाले २–०को अप्रत्याशित नतिजा निकाल्दै साविक विजेता जर्मनीलाई घर फर्काएको हो । कोरीयाले दुबै गोल इन्जुरी टाइममा गरेको थियो ।
कोरीयाको पहिलो गोललाई सहायक रेफ्रीले अफसाइड भनेका थिए । तर, भीएआर रिभ्यूबाट रेफ्रिले गोल दिए । अर्को चरण प्रवेश गर्न कोरीयालाई हराउनैपर्ने दबावमा आएको जर्मनीका गोलकिपर समेत निकै अगाडि बढेर खेलेको मौकामा खेलको अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेर टिमलाई २–० को जित दिलाए ।
पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २–१ ले हराएको थियो ।
जर्मनीले आजको खेलमा कोरियालाई हराएको र अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अर्को चरणमा पुग्थ्यो भने मेक्सिको बाहिरिने थियो । तर, समूह चरणबाटै पहिले नै बाहिरीसकेको कोरियाले साविक विजेतालाई पनि घर फर्काइ दिएको छ ।
Categorized in स्पाेर्ट्स