arin enterprises

सिक्किमा अचानक आएको बाढीमा परी १४ को मृत्यु

SamacharDesk | २०८० आश्विन १८, बिहिबार

उत्तरपूर्वी भारतीय राज्य सिक्किममा बिहीबार बिहान आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ ।

अचानक आएको बाढीमा परेर २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन् भने राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका आशंका गरिएको छ ।

बाइस हजारभन्दा धेरै मानिसहरू प्रत्यक्ष प्रभावित भएको बताइएको क्षेत्रमा २१ वटा सहायता शिविरहरू स्थापना गरिएको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गर्दै सबैखाले सहायताको लागि आश्वस्त पारेको बताएका छन्।

तिब्बती आध्यात्मिक नेता दलाई लामाले पनि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पत्र लेख्दै बाढीको दुःखद घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय