लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १९, शुक्रबार

युरोपा लिगमा लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई हराएको छ । बिहीबार भएको समूह इको खेलमा लिभरपुलले यूनियन सेन्ट गिलोइसलाई २–० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा रायन ग्रेवेनबेर्चले लिभरपुलका लागि पहिलो गोल गरे ।
समर ट्रान्सफरमा क्लबमा आएका उनले पहिलो गोल गरेका हुन् ।
दोस्रो हाफको इन्जुरी समयमा डिओगो जोटाले गोल गर्दै लिभरपुललाई २–० ले जित दिलाए ।
लिभरपुलले ६ अंक जोड्डै समूह इको शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स