arin enterprises

बंगलादेशले अफ्गानिस्तानलाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २०, शनिबार

एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफ्गानिस्तानलाई हराएको छ । शनिबार भएको खेलमा बंगलादेशले अफ्गानिस्तामाथि ६ विकेटको जित हासिल गरेको हो ।

धर्मशालामा भएको खेलमा पाहिलो ब्याटिङ गरेको अफ्गानिस्तान १ सय ५६ रनमा अलआउट भएको थियो ।

अफ्गानिस्तानको लागि ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन र इब्राहम जर्दान र अजमतुल्लाह उमरजईले समान २२ रन बनाए ।

रहमत शाह र हशमतुल्लाह शाहिदीले समान १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेशका शाकिब अल हसन र मेहदी हसन मेराजले समान ३ विकेट लिए । सोरिफुल इस्लामले २ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए । 

अफगानिस्तानले दिएको लक्ष्यलाई पछ्याएको बंगलादेशले ३४ दशमलव ४ ओभरमा मात्र ४ विकेटको क्षमीमा लक्ष्य पुरा गर्यो ।

बंगलादेशको लागि नजमुल हुेसन शान्तोले सर्वाधिक ५९ रन बनाएको इनिङ्समा मेहदी हसन मेराजले ५७ रनको योगदान गरे ।

ओपनर ताहिद हसन ५ र लिटोन दास १३ रनमा आउट भएका थिए । कप्तान सकिब अल हसन १४ रनमा आउट हुदाँ मुश्फिकुर रहीम २ रनमा नटआउट रहे ।

अफ्गानिस्तानका अजमतुल्लाह उमरजइ, नवीन उल हक र फजलहक फारुकीले समान एक एक विकेट लिएका थिए ।

Categorized in स्पाेर्ट्स