इजरायल र प्यालेस्टाइनबीच भीषण आक्रमण
SamacharDesk | २०८० आश्विन २१, आइतबार

इजरायल र प्यालेस्टाइनबीच भीषण युद्ध सुरु भएको छ ।
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भीषण आक्रमण गरेको छ । इजरायलले पनि शनिबार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै हमासका जनतालाई घर छाड्न चेतावनी दिएको छ ।
हिजो विहानै देखि हमासले रकेट प्रहार गरेसंगै विश्वमा भयानक युद्धको सुरुवात भएको टिप्पणी गरिएको छ । हालसम्म युद्धमा दुवैतर्फगरी सैयौंको हताहती भैसकेको छ । २ सय ५० इजरायली मारिएको दर्जनौलाई बन्धक बनाइएको बीबीसीले जनाएको छ ।
यस्तै प्यालेस्टानतर्फ पनि कम्तिमा २ सय ३२ जनाको मृत्यु भैसकको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाइका छन् ।
यसैबीच प्यालेस्टेनी आंतकबादी समुह हमासले इजरायलमाथि गरेको आक्रमणको बिश्वब्यापी रुपमा निन्दा भएको छ । यही हमलाको बिषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरिएको छ ।
संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टिनो गुटरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई ध्यानमा राखी युद्ध रोक्नका लागि बिश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गर्नुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय