अष्ट्रेलियालाइ हराउँदै भारतको शानदार सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २२, सोमबार

आयोजक भारतले विश्वकपमा शानदार सुरुवात गरेको छ । शनिबार भएको खेलमा भारतले ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
चेन्नेईमा भएको यस खेलमा केएल राहुल र विराट कोहली उत्कृष्त प्रदर्शन गरे । अष्ट्रेलियाले दिएको २ सय रनको सामान्य लक्ष्य भारतले ४१ दशमलव १ ओभरमा मात्र ४ विकेटको क्षतीमा पुरा गर्यो ।
भारतका लागि केएल राहुलले अविजित ९७ रनको योगदान गरे । उनले १ सय १५ बलमा ८ चौका र २ छक्काको मद्दतले सो रन बनाएका हुन् ।
विराट कोहलीले ८५ रन जोडे । रोहित शर्मा र इशान किशनलाई शुन्य रनमा गुमाएर खराब सुरुआत गरेको भारतको इनिङ्स विराट र केएल राहुलले सम्हालेका थिए ।
हार्दिक पाण्डेया ११ रनमा नटआउट रहे । श्रेयस एयर पनि शुन्य रनमा आउट भए ।
अष्ट्रेलियाका जोस हेजलउडले सर्वाधिक ३ तथा मिचेल स्टार्सले १ विकेट हात पारे ।
यस अघि टस जितेर पहिलो ब्याटिंग गरेको अष्ट्रेलियाले ३ बल बाँकी छदै १ सय ९९ रन बनाउँदै अलआउट भयो ।
अष्ट्रेलियाको लागि स्टेभेन स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । डेभिड वार्नरले ४१, मिचेल स्चार्सले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए ।
यस्तै ग्लेन म्याक्सवेल र पट कुमिन्सले समान १५ रन जोडेका थिए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतका रविन्द्र जडेजाले ३ विकेट लिँदा कुलदीप यादव र जसप्रीत बुम्राहाले समान २ विकेट लिए ।
मोहमद सिराज, हार्दिक पाण्डेया, रविचन्द्रन आश्विनले समान एक एक विकेट हात पारे ।
Categorized in स्पाेर्ट्स