arin enterprises

सिटिलाई हराउँदै आर्सनल दोस्रो स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २२, सोमबार

इंग्लीस प्रिमियर लिगमा आर्सनल दोस्रो स्थानमा उक्लीएको छ ।

आईतबार भएको खेलमा आर्सनलले चिरप्रतिद्धन्दी म्यानचेस्टर सिटीलाई हराउँदै दोस्रो स्थानमा उक्लीएको हो ।

आर्सनलले म्यान सिटिलाई १–० ले हराएको हो ।

आर्सनललाई जित दिलाउन ग्याब्रियल मार्टिनेलीले विजयी गोल गरे । उनले खेल सक्किन चार मिनेट बाँकी छदा काइ हभार्ट्जको पासमा गोल गरेका थिए ।

आर्सनलले ८ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

आर्सनलले शीर्ष स्थानको टोटेनहमसँग अंक बराबरी गरेको छ ।

सिटी १८ अंक सहित तेस्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स