लिभरपुल बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २२, सोमबार

इङ्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । आईतबार ब्राइटनले लिभरपुललाई २–२ गोलको बराबरी रोकेको हो ।
घरेलु मैदानमा भएको खेलको पहिलो हाफमै मोहमद सलाहले दुई गोल गर्दै पाहुना टोलीलाई २–१ को अग्रता दिलाएका थिए ।
तर घरेलु टोलीका लागि कप्तान लुइस डंकले गोल गर्दै लिभरपुललाई अंक बाड्न बाध्य बनाए ।
खेलमा अग्रता ब्राइटनले २० औं मिनेटमा साइमन एडिग्राको गोलमा लिएको थियो । लिभरपुलले अग्रता बढाउने अवसर भने गुमाएको थियो ।
दोस्रो हाफको सुरुआतमा हार्वे एलियटको स्थानमा मैदान छिरेका रायन ग्रेवेनबेर्चले प्राप्त अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
योसँगै लिभरपुलले शीर्ष स्थानको टोटेनहमसँगको दुरी घटाउने अवसर गुमाएको छ ।
लिभरपुलले ८ खेलमा १७ अंक जोड्डै चौथो स्थानमा छ ।
यस्तै ब्राइटन १६ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स