arin enterprises

उपत्यका बाहिर जान अग्रिम टिकट बुकिङ शुरु

SamacharDesk | २०८० आश्विन २२, सोमबार

बडा दसैंका लागि यातायातका साधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । 

दशैं,  तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न नयाँ बसपार्कमा भीड लागेका छन् ।

व्यवसायीहरूले यात्रुको सहजताका लागि आज (सोमबार)देखि अग्रिम रूपमा लामो दूरीमा चल्ने बसको टिकट खुला गरेसँगै यात्रुहरू टिकट काट्नका लागि भीड लागेको पाइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङ खुला गरेसंगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष पनि स्थापना गरिने जनाएको छ ।

विभिन्न कामले अस्थायी तथा स्थायी रूपमा काठमाडौँ उपत्यकामा बसोबास गर्ने गरे पनि हिन्दुधर्मालम्वीहरु दसैँमा ठूलाबडाको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

यातायात ब्यवस्था विभागले यातायात व्यवसायी र सरोकारवालासंग गरेको छलफलमा विभागले टिकट बिक्रीको अनुगमन गर्ने तथा भौतिक पूर्वाधार मन्त्रालयले दशैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने निर्णय पनि भएको छ ।

Categorized in राष्ट्रिय