arin enterprises

काठमाडौं महानगरवासीले निःशुल्क रुपमा रगत पाउने

SamacharDesk | २०८० आश्विन २३, मंगलबार

काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाईटीविच महानगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध राउने सम्झौता भएको छ ।

सोमबार एक कार्यक्रमकाबीच सो सम्झौता प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको थियो ।

सम्झौतापत्रमा महानगरको तर्पmबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीकातफबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार काठमाडौं महानगरपालिकाबासीहरुले निःशुल्क रुपमा आवश्यक रगत तथा रक्त तत्वहरु उपलब्ध गर्न सकिनेछ । जसका लागि महानगरले रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई महानगरले रकम उपलब्ध गराउने जनाएको छ ।

महानगरवासीले उक्त निःशुल्क सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ ।

नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ ।

यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ । सम्झौतामा महानरले रेडक्रसलाई प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २ सय रुपैयाँ उपलब्ध गराइनेछ ।

महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई २ सय रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ ।

निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।

Categorized in स्थानीय