arin enterprises

अफगानिस्तामा ६.३ रेक्टरको दोस्रो ठूलो भूकम्प

SamacharDesk | २०८० आश्विन २४, बुधबार

अफगानिस्तानको हेरात प्रान्तमा आज विहान फेरि दोस्रो ठूलो भूकम्प गएको छ ।

बुधबार स्थानीय समय अनुसार ५ः१० मा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । हेरात सहरबाट २८ किलोमिटर उत्तरमा गएको भूकम्पमा परी कम्तिमा १ सय भन्दा बढी घाइते भएका छन् भने ७०० घर भत्केका छन् ।

गत शनिबार मात्र गएको ठूलो भूकम्पका कारण मानिसहरु पालमा सुतिरहेको अवस्थामा आज विहान फेरि गएको छ ।

गत शनिबार मात्र तालिबान नेतृत्वको मन्त्रालयलाई उद्धृत गर्दै खामा प्रेसले अफगानिस्तानको हेरात प्रान्तमा चार हजारभन्दा बढीको ज्यान गएको र हजारौँ आवासीय घर क्षतिग्रस्त भएको बताएको छ ।

शनिबार हेरातमा २० गाउँका एक हजार नौ सय ८३ घर क्षतिग्रस्त भएको अफगानिस्तानको तालिबान नेतृत्वको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

यद्यपि तालिबानले हेरातमा भूकम्पमा परी मर्ने र घाइतेहरूको विवरण खुलासा गरेको छैन ।

Categorized in अन्तर्राष्ट्रिय