इजरायलमा फसेकाहरु स्वदेश फर्के
SamacharDesk | २०८० आश्विन २६, शुक्रबार

इजरायल र हमासको आक्रमणपछि स्वदेश फर्ककने पहिलो टोली शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगेको छ ।
इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आफैँ चार्टर विमान लिएर राजधानी तेल अबिब पुग्नुभएको थियो। शुक्रवार बिहानपख काठमाडौँ आइपुग्दा उद्धार गरिएका सबै निकै खुसी थिए ।
धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् । यसअघि आज बिहान स्वदेश फर्केका नेपालीहरुको स्वागतका लागि पर्यटनमन्त्री सुदन किराती, नेपालका लागि इजरायली राजदुत हनान गोदर लगायत परराष्ट्र मन्त्रायलका अधिकारीहरु बिमानस्थल पुगेका थिए ।
इजरायलबाट फर्केका आफना परिवारका सदस्य लिनका लागि आफन्तहरुको घुइँचो लागेको थियो । उद्धार गरि ल्याइएका नेपाली मध्ये केही परिवार संगै घर फर्केका छन् भने घर टाढा भएकाहरुलाई नेपाल प्रहरीको बसबाट सम्बन्धित ठाउँमा पुर्याइएको थियो ।
स्वदेश फर्केका नेपालीहरु भावुक बनेका थिए । नेपालको भूमी टेक्दा कतिपयका आँखाबाट खुसीका आँसु थाम्न नसक्ने गरी बगिरहेका थिए ।
हालसम्म इजरायलमा रहेका ५ सय ५७ जना नेपालीले नेपाल फर्कनका लागि अनलाइन प्रणाली मार्फत इजरायलस्थित नेपाली दुताबासलाइ आफ्नो विवरण उपलब्ध गराएका छन् ।
जसमध्ये ५ सय ३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २ सय ५४ जना स्वदेश फर्किएका हुन् ।
Categorized in राष्ट्रिय