इजरायल युद्धमा मरेका ४ नेपालीको शव ल्याइयो
SamacharDesk | २०८० कार्तिक ५, आइतबार

इजरायल र हमास युद्धमा मारिने १० मध्ये ४ जनाको शव आज विहान काठमाडौं आइपुगेको छ ।
इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै शव नेपाल ल्याउने प्रकृया अगाडी बढाईएको थियो ।
पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । दोस्रो चरणमा आशिष चौधरीको शव ल्याईएको हो ।
बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ ।
शव आजै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी रहेको बताईएको छ ।
शव नेपाल आईपुगेसंगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र नेपालकालागि इजरायली राजदूत हाना गोडरलगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए ।
आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।
उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।
Categorized in राष्ट्रिय