नागरिक एपको लाइसेन्स सामान्य चेकजाँचमा मात्र मान्य
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० कार्तिक १३, सोमबार

नेपाल ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने सवारी चालक अनुमति पत्र सामान्य चेकजाँचको लागि मात्र मान्य हुने बताएको छ ।
ट्राफिक नियम उल्लंघन वा कारवाही प्रकृयाको क्रममा भने सवारी चालकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नै उपलब्ध गराउनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो होईन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने ट्राफिक प्रहरीको भनाई छ ।
‘कुनै दुर्घटना अथवा ट्राफिकले जाँचका क्रममा कारवाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्स मान्य हुन्न । नियमित चेकजाँचको क्रममा सक्कल लाइसेन्स बोकेको छैन भने नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि हुन्छ’ एक ट्राफिक अधिकृतले भने ।
Categorized in राष्ट्रिय