arin enterprises

गाँजा खेतीको सम्भाव्यताका लागि कार्यदल गठन

SamacharDesk | २०८० कार्तिक २१, मंगलबार

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतमन्त्रीको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयका सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्नुभएको थियो ।

सो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगीकरणको सम्भाव्य अनुसन्धान गर्नेछ ।

गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्ने तथा गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउने लगायतका सम्भाव्यता अनुसन्धान गर्ने म्यान्डेट कार्यदललाई दिइएको छ ।

कार्यदललाई काम शुरु गरेको एक महिना भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ ।

Categorized in राष्ट्रिय