टिकटक बन्द गर्ने सरकारको निर्णय
SamacharDesk | २०८० कार्तिक २७, सोमबार

सोमबार बसेको मन्त्रिपरिषद बैठले नेपालमा टिकटिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
वैठकले टिकटकले सामाजिक सद्भावमा खलल् पु¥याएको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।
सामाजिक सद्भाव विगारेको, उछृङ्खलतालाई प्रोत्साहन गरेको तथा राष्ट्रियता कमजोर बनाएको ठहर गर्दै टिकटक बन्द गर्ने निर्णय भएको पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो । गृहमन्त्री श्रेष्ठले आजैदेखिट टिकटक बन्द हुने बताउनु भएको छ ।
यस्तै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०र८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ हाललाई भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो ।
त्यस्तै, थप १ अर्ब ७५ करोड रुपैयाँ समेत सो कोषमा थप गरी जम्मा १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको सरकारकि प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय