२९औं महानगर दिवसको अवसरमा बाँसुरी प्रतियोगिता गर्ने
SamacharDesk | २०८० मङ्सिर १३, बुधबार

काठमाडौं महानगरपालिकाले आफ्नो २९ औं महानगर दिवसको अवसरमा बाँसुरी खलः धेँधेँ बल्ला कासा–११४४ को आयोजना गर्न लागेको छ ।
बाँसुरी प्रतियोगितामा भाग लिन महानगरभित्रका ३२ वटै वडाका त्वाः गुथि, खलः, पुचःहरुलाई सार्वजनिक सूचना मार्पmत आह्वान गरेको छ ।
महानगरको सम्पदा तथा पर्यटन विभागले एक सुचना जारी गरी मंसिर २० गते भित्र इच्छुक प्रतियोगिीहरुलाई प्रतियोगितमा सहभागी हुन भनिएको छ ।
उक्त मिति भित्र विभागले उपलव्ध गराएको दुतिना फारम भरी बुझाउन जानकारी गरिएको हो ।
प्रतियोगितमा पहिलो बिजेतालाई एक लाख ५० हजार नगद र प्रमाणपत्र, दोस्रो हुनेलाई एक लाख र तेस्रो हुनेलाई ५० हजार तथा सहभागी भएका अन्य पुुचःहरुलाई १० हजार प्रोत्साहन स्वरुप प्रदान गरिने विभागले जनाएको छ । यस प्रतियोगिता मंसिर २७ गते राष्ट्रिय सभागृहमा हुने विभागले जनाएको छ ।
प्रतियोगितमा भाग लिन विभिन्न मापदण्डहरु रहेका छन । सहभागी हुनेहरु खलः, पुचमा १२ जना सहभागी हुनु पर्नेछ, पुचःहरु सम्बन्धीत वडा कार्यालयहरुका दर्ता हुनु पर्ने, सहभागीहरुको जन्मदर्तारनागरिककताको प्रतिलिपी, फोटो पेश गर्नुपर्ने, पुचः, खलहरुको प्यान नम्बर, दर्ता प्रमाणपत्रहरु पेश गर्नुपर्ने लगायतका नियमहरु छन् ।
काठमाडौं महानगरले यही मंसिर २९ गते विभिन्न कार्यक्रमसहित २९ औं महानगर दिवस भव्य रुपमा मनाउने भएको छ ।
Categorized in स्थानीय