कामपामा २३० कर्मचारी माग
SamacharDesk – बिराज | २०८० मङ्सिर १६, शनिबार

काठमाडौ महानगरपालिका (कामपा) ले करारमा २३० जना कर्मचारी मागेको छ । सूचना जारी गर्दै कामपाले २३० जना कर्मचारी करारमा मागेको हो ।
कामपा भित्र गरीव घरपरिवार पहिचान र परिचय पत्र वितरण कार्यक्रमका लागि कर्मचारी माग गरेको हो ।
यस कार्यका लागि कामपाले २१ जना सुपरिवेक्षक र २०९ जना गणकको लागि आवेदन खुल्ला गरेको जनाएको छ । सो कर्मचारीहरुले ट्याबलेटमार्फत तथ्याङ्क संकलन र सुपरिवेक्षण कार्य गर्नुपर्ने जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले तोके बमोजिमको सूचनाहरु ट्याबलेटमार्फत कामपा भित्र प्रत्येक घरमा गई तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्नुपर्ने भनिएको छ ।
यी कर्मचारीहरुको अवधि बढीमा ५ महिनाको हुने सूचनामा भनिएको छ । आउँदो पुस ६ गतेको भित्रमा आवेदन दिन कामपाले भनेको छ ।
