arin enterprises

सलाहको गोलसँगै लिभरपुल शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २४, आइतबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार क्रिस्टल प्यालेसलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

खेलमा अग्रता भने घरेलु टोली क्रिस्टलले जिन फिलिप मटेटाको पेनाल्टी गोलमा मार्फत लिएको थियो ।

जोर्डन अय्युले दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि घरेलु टोली ७५ औं मिनेटमा १० खेलाडीमा सिमित बन्यो ।

लगत्तै सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए । उनले ७६ औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल गरेका थिए ।

योसँगै सलाहले लिभरपुलका लागि २ सयौं गोल पूरा गरेको छ । सलाह लिभरपुलका लागि २ सय गोल पुरा गर्ने पाँचौं खेलाड हुन् ।

हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा लिभरपुलका लागि विजयी गोल गरेका थिए ।

पेनाल्टी क्षेत्रवाट उनले गरेको प्रहार गरेको बलले पोस्टको जालि छुँदा लिभरपुलले आर्सनललाई उछिन्दै तालिकाको शीर्ष स्थानमा कब्जा गरेको हो ।

शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३७ अंक जोडेको छ । क्रिस्टल १६ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स