अमेरिकामा पहिलोपटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो
SamacharDesk | २०८० माघ १२, शुक्रबार

अमेरिकामा अलबामामा नयाँ तरिकाबाट मृत्युदण्डको सजाय दिइएको छ ।
ब्यक्ति हत्याका एक दोषीलाई अदालतले अमेरिकीमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्डको सजाय दिइएको छ ।
सन् १९८८ मा एलिजावेथ सिनेट नाम गरेकी महिलाको हत्यामा दोषी ठहर भएका ५८ बर्षिय केनेथ स्मिथलाई गएराती नाइट्रोन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको हो ।
मृत्युको यस तरिकामा केनेथ यूजीनलाई अनुहारको मास्क लगाउन लगाइएको थियो। यसपछि फेस मास्कबाट केनेथलाई नाइट्रोजन ग्यास दिइयो र केनेथको फोक्सोमा नाइट्रोजन ग्यास पुगेपछि निसास्सिएर उनको मृत्यु भएको थियो ।
यसअघिसम्म घातक सुई दिएर मृत्युदण्ड दिने गरिएकोमा पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको हो । अलाबामा प्रशासनले अहिलेसम्मकै सवैभन्दा कम पीडादायी मृत्युदण्ड भनेको छ ।
यसअघि सन् १८९९ मा अन्तिम पटक मृत्युदण्ड दिने क्रममा हाइड्रोजन साइनाइड ग्यास प्रयोग गरिएको थियो । अमेरिकामा अलाबामा, मिसिसिपी र ओक्लाहोमा राज्यले नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिने नीति लागू गरेका छन् ।
नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएका स्मिथलाई यस अघि नै घातक सुई दिएर मृत्युदण्ड दिने तयारी भईरहेको बेला उनका कानुन ब्यावसायी र मावनअधिकारवाीहरुले रोकेका थिए ।
नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिने निर्णय भएपछि स्मिथले आफूलाई शान्तिपूर्ण तरिकाले मर्न दिने निर्णय गरेर अलाबामा सरकारले मानवअधिकार संरक्षणमा एक कदम अगाडि बढेको बताएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय