लिभरपुल छाड्डै योर्गेन क्लोप
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १२, शुक्रबार

योर्गेन क्लोपले लिभरपुल छाड्ने भएका छन् । क्लोपले यस सिजनको अन्त्यसँगै लिभरपुल छाड्ने लागेका हुन् ।
पछिल्लो ३० वर्षमा लिभरपुललाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका क्लोपसन् २०१५ मा लिभरपुलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
उनले लिभरपुलको नेतृत्व गरेपछि क्लबले युरोपेली फुटबलमा आफुलाई पुनरागमन गरेको थियो ।
उनको सम्झौता सन् २०२६ सम्म रहेको छ । उनले लिभरपुलबाट सन् २०१९ मा च्याम्पियन्स लिग जितेका छन् ।
उनले यूईएफए सुपर कपदेखि फिफा क्लब विश्वकपसँगै प्रिमियर लिगको उपाधि समेत जितेको छ ।
Categorized in स्पाेर्ट्स