arin enterprises

नवौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १७, बुधबार

निर्माण ब्यबसायसंग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ ।

नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुृँच पुर्‍याउन भन्दै आउँदो माघ १८ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गर्न लागेको हो । प्रदर्शनीमा विभिन्न देशका तीन सय बढि ख्यातिप्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने बताइएको छ ।

‘निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ’ आयोजक संस्थाको भनाई छ ।

प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने आयोजकको दावी छ ।

चार दिने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Categorized in बिजनेस