arin enterprises

जनकवि दुर्गालाल श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

SamacharDesk | २०८० माघ १८, बिहिबार

केही दिन अगाडिदेखि विरामी भई मोडल अस्पताल भर्ना हुनुभएका जनकवि दुर्गालाल श्रेष्ठ आज विहीबार डिस्चार्ज हुनुभएको छ ।

उहाँको परिवारले दिएको जानकारी अनुसार गत माघ १३ गते शनिबार अक्सिजन कमी भएको कारणले अचेत भएपछि अस्पताल भर्ना गरिएको हो ।

हाल चिकित्सकहरुले जनकवि श्रेष्ठको स्वास्थ्य अवस्था अहिले सामान्य भएको र केही दिन घरमै अक्सिजन लिएर आराम गर्न सुझाएको छ ।

उहाँ विरामी हुनुभएको समाचार सामाजिक संजालमा सार्वजनिक भएपछि धेरैले उहाँको स्वास्थ्य लाभको कामना गरेका छ ।

उहाँ विरामी भएर अस्पताल भर्ना हुनुभएको कुरा परिवारजनले औपचारिक रुपमा जानकारी नगराए पनि उहाँका शुभचिन्तकहरु अस्पताल पुगेर उहाँको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

सोमबार सबैभन्दा पहिला नेवाः अग्रज मल्ल के सुन्दरले जनकवि श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो ।

त्यस्तै उहाँका निकट नेवाः क्षेत्रका व्यक्तित्वहरुले उहाँको स्वास्थ्य लाभको कामना गर्दै तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । 

Categorized in समाज